काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे दाेस्राे सेमिफाइनलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई १ सय ९८ रनकाे विशाल लक्ष्य दिएकाे छ ।

पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेकाे मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनायाे । मधेसका अनिल साह र इमरान शेखले अर्धशतक बनाए । अनिल ५७ र इमरान ५० रनमा आउट भए । यस्तै पवन सर्राफले ३३ र रुपेश सिंहले २१ रन जाेडे । बलिङतर्फ एपीएफका माैसम ढकालले ३ र अमर राैटेलाले २ विकेट लिए ।

यसअघि आजै भएकाे पहिलाे सेमिफाइनलमा बाग्मती प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेकाे छ । फाइनल खेल भाेलि शुक्रवार हुनेछ ।

तपाईको प्रतिक्रिया