काठमाडौं ।

हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन् ।

स्वीडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् । नेपाल टि २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इजजत बढिरहेको माहोलमा यो गीत ल्याएको गायक आचार्यले बताए । ‘गीतकार थापाले खेलाडी सम्बन्धी खेल गीत लेख्नुभएको रहेछ ,’ हरिवंशले भने, ‘मलाई गाइदिनुस् भन्नुभयो । पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरुप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना–नयाँ खेलाडीले खेलेका रियल दृश्यहरु राखेका छौं । खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ ।’
रचनाकार तथा निर्माता डा. दिपराज थापा
जन्म र घर सिन्धुली जिल्ला मरिण गाउँपालिका–७, हाल रातमाटा सिन्धुली, बसिबसाई स्वीडेन (बिगत १८ बर्ष देखि स्वीडेन)
पेशाः बिश्वबिद्धालयका प्राध्यापक तथा रिसर्चर बैज्ञानिक
शिक्षाः जनस्वास्थ्य र नर्सिङ बिषयमा स्वीडेनको योन्सोपिङ बिश्वबिद्धालय बाट एजम् (विद्यावारिधी).
गीतकार थापाले सानैदेखि महजोडी आफ्नो आइडल रहेका कारण यो गीत गाउन आग्रह गरेको बताए । ‘उहाँलाई दुइ–चारवटा गीतहरु पठाएँ तर सुरुमै यो गीत राम्रो मान्नुभयो,’ थापाले भने, ‘नेपालमा खेलाडीहरुको देश चिनाउने दायित्व ठूलो छ । पुराना खेलाडीहरुले विश्वसामु चिनाएको इतिहास हेर्दा गौरव लाग्छ । तर खेलाडीहरुलाई जत्ती अवसर, मान मर्यादा हुनुपर्ने हो त्यति भएको देखिदैन। अन्य देशहरुमा खेलाडीको सम्मान हेर्दा इष्र्या आउँछ। । त्यसमाथि खेलाडीलाई प्रोत्साहित गर्ने÷गराउने गीत र म्युजिक भिडीयो हामीकहाँ कमै बन्छन् । त्यसकारण सबै खेलहरुमा हाम्रो यो गीत राष्ट्रिय गीतको रुपमा गुन्जियोस् र खेलाडीहरु प्रती सम्मान र प्रोत्साहन मिलोस भन्ने कामनासहित यो गीत ल्याएका हौं । ’

विशाल निरौलाको संगीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ । ‘हामीले बनाउनुपर्ने गीत तपाईहरुले बनाउनुभएछ भनेर राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले तारिफ गर्नुभएको छ,’ हरिवंशले सुनाए ।

श्यामस्वेत रसाइलीको मिक्सिङ, विनय कंसकरको रहेको यो गीतको रेकर्डिस्ट रन्जन राई हुन् । गीतकार थापासँगै अष्ट्रेलिया निवासी सुशिला पौड्याल र गौपाल पौड्याल यो गीतका निर्माता हुन् ।

भिडियो लिंक ः
https://www.youtube.com/watch?v=N3ysomgtcNg

तपाईको प्रतिक्रिया