काठमाडौं, मंसिर २० गते । रातको समयमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार काठमाडौँ महानगरपालिका वडा नं.९ गौशालास्थित बालकृष्ण श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा १३ लाख ५० हजार रुपियाँ बराबरको धनमाल चोरी गरी लगेको घटनामा अनुसन्धानको क्रममा स्थायी घर भारत भई हाल काठमाडौँ बस्ने २१ वर्षीय कृष्ण पोदार, १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र ३० वर्षीय विक्रम गर्तौलालाई पक्राउ गरिएको छ ।

उनीहरूलाई सिनामंगल शम्भुमार्गबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया