चरोन बजगाईं र स्वाति भट्टको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा संगीतकार राजेन्द्र बजगाईंको संगीत रहेको छ । ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’ बोलको गीतमा शब्द रचना रंग पत्रकार बिष्णु सुबेदीको रहेको छ ।

कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गरेको भिडियोलाई बुद्द थापाले छायाँकन र बिष्णु खड्काले सम्पादन गरेका छन् । भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन जिवन संगै गायक चरोन बजगाईंको अभिनय रहेको छ । भिडियो त्रिमुर्ति इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया