‘ए रमा’ गीतले निकै चर्चा बटुलेका गायक राजकुमार साशंकरले नयाँ गीत लिएर आएका छन् । गायक राजकुमार साशंकरको ‘मदानी’ बोलको गीतको भिडियो बिहीबार सार्वजनिक भएको छ। उक्त गीतमा गायक राजकुमार साशंकरलाई स्वरमा गायिका राधा गुरुङले साथ दिएकी छिन्।

मदानी गीतको भिडियो राजकुमार साशंकर यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो। जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार साशंकरकै छ । गीतको भिडियोमा चर्चित गायक प्रकाश सपुतको भाइ देवेन्द्र बब्लु र सनसाइन सञ्जुको बेजोड प्रस्तुती देख्न सकिन्छ। विशाल घिमिरेको डिरेक्सन रहेको उक्त गीतको भिडियोको सम्पादन अमृत ​​चापागाईंले गरेका हुन्।

हेर्नुहोस् नाचुम् नाचुम् लाग्ने गीत मदानीको भिडियोः

तपाईको प्रतिक्रिया