काठमाडौं । नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलिरहेको छ । सोही क्रममा पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक भएको छ ।
यस गीतमा सुजन बराईली र चर्चित गायिका देबी घर्तीको स्वर रहेको छ चने चर्चित सर्जक प्रल्हाद सुबेदीको शब्द, सुजन बराईलीको संगीत रहेको छ । गीतलाई रमेश सञ्चुरीले एरेञ्ज गरेका हुन् भने श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका हुन् । यस गीतलाई पर्वतको मल्लाजमा छायांकन गरिएको हो ।
सो गीतको भिडियोमा कुमार केसीको निर्देशन रहेको छ भने अमृत चापागाईको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुजन बराईली, यशु भट्टराई, रियोश बराईली, करुणा नेपाली आदीको अभिनय रहेको छ। यस गीतलाई सुजन बराईलीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेन तल क्लिक गर्नु होला ।










