अर्जुन काफ्ले

स्याङ्जा, पुस ७ गते । चौथो क्रस कन्ट्री राष्ट्रिय दौड प्रतियोगिताको उपाधि नेपाल आर्मीका गोपाल तामाङले जित्नु भएको छ । पुतलिबजार नगरपालिका ९ कोल्मामा शनिबार भएको दौडमा तामाङले एक घण्टा ३१ मिनेट ५६ सेकेन्डमा २५ किमीको दुरी पार गर्नु भएको हो ।

तामाङले उपाधि सहित ५० हजार रुपियाँ, कप, मेडल र प्रमाणपत्र हात पार्नु भएको हो । दौडमा गोरखाका संजय श्रेष्ठले एक घण्टा ३३ मिनेट ४३ सेकेन्डमा पार गर्दै दोस्रो बन्दै ४० हजार हात पार्नुभयो ।यस्तै हुम्लाका शुसिल कुमार जोशीले एक घण्टा ३४ मिनेट ०२ सेकेन्डमा पार गर्दै तृतिय स्थान हात पार गर्नु भएको थियो भने ३० हजार नगद प्राप्त गर्नुभयो ।

यस्तै २१ बर्ष मुनिको १० किमीमा प्रथम सिनम गुरुङ(तनहु)ले ४१ मिनेट १४ सेकेन्डमा दुरी पार गर्नु भएको हो । गुरुङले २० हजार रुपियाँसहित, कप, मेडल प्रमाणपत्र हात पार्नुभयो । दोस्रो तेन्जोन रोका (पोखरा)ले १५ हजार र तेस्रो मनोज रोका (पोखरा)ले १० हजार रुपियाँ हात पार्नुभयो ।

यस्तै महिलातर्फ पाचँ किमीमा राम मायाँ बुढा (जुम्ला) ले २१ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै पहिलो स्थान हात पार्नुभयो । द्धितिय सुस्मिता कुमारी चौधरी(दाङ) र तृतिय नितु तामाङ (पोखरा) बन्नुभयो । बुढाले १५ हजार, चौधरीले १० हजार र तामाङले पाचँ हजार प्राप्त गर्नुभयो । ५८ वर्षीय गोपाल नेपालीले दौडमा भाग लिदै पुरा गर्नुभयो ।

विजेतालाई गण्डकी प्रदेशका खेलकुद मन्त्री शुशिला सिम्खडाले पुरस्कार बितरण गर्नु भएको थियो । दौडमा ३२ महिला सहित १३४ जना धावकको सहभागिता रहेको मनबहादुर थापाले जानाकारी दिनुभयो ।

दौड कोल्माबाट शुरु भई काउले, डाडाँथर, राइपुर, नाम्चे, काल्खु, खुदी, हुदै पुन कोल्मा आएर समापन भएको थियो ।

तपाईको प्रतिक्रिया