काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरका विद्यार्थीले बुझाएका सोधपत्र (थेसिस) कवाडीमा किलो भाउले बिक्री हुने गरेको पाइएको छ । अध्ययन तथा अनुसन्धानका लागि वर्षौंपछि पनि आवश्यक पर्ने थेसिसहरु कवाडीमा प्रतिकेजी १५ रुपैयाँदेखि २० रुपैँयासम्ममा बिक्री हुने गरिएको पाइएको हो ।

स्नातकोत्तर अर्थात् मास्टर्सका विद्यार्थीले गरेका शोधहरु कवाडी हुँदै बदाम बेच्ने पेटीमा पुगेको बारे त्रिवि भने बेखबर छ । कुनै समय भ्रष्टाचार एवम् नैतिक पतन हुने कार्यमा पार्टीका नेतालाई कारबाही हुँदा टायर बालेर सडक तताउन पछि नपर्ने विद्यार्थी संगठनहरु बेपत्ता छन् ।

अध्येयता एवम् अनुसन्धानकर्ताहरुले त्रिवि, त्यसका व्यवस्थापकको गतिलाई लिएर चिन्ता व्यक्त गरेका छन् । यस्तो वेथितिले इन्स्टिच्युसन मात्र नभई व्यवस्थामाथि नै प्रश्न उठेको छ ।

स्नातकोत्तर तहका विद्यार्थीले गरेका शोध एवम् अनुसन्धान राज्यका नीति तथा निधि प्रवद्र्धक निकायमा हुनुपर्नेमा सडक पेटीमा बदाम बेच्न प्रयोग भइरहेको पाइएको हो । फोटो : कृति भट्टराई

तपाईको प्रतिक्रिया