पूर्वपञ्चहरुको पार्टी राप्रपाका पाँच जना नेताले भैरहवा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामूहिक ‘दर्शन भेट’ गरेका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुध्दिमान तामाङ, महामन्त्री डा.धवलसमशेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंहले पूर्वराजासँग भेट गरेका हुन् । मिश्रले सामाजिक सञ्जालमा ज्ञानेन्द्रसहितको सामूहिक तस्वीर सेयर गर्दै भेटवार्ता भएको जानकारी दिएका छन् ।

मिश्रले पूर्वराजाको भनाई भन्दै लेखेका छन्,’हामी सबैले धेरै देख्यौ/बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरोलागि बराबर छन् ।’

पूर्वराजा आफ्ना परिवारका सदस्यहरुसहित नागरिक अभिनन्दन तथा भेटघाटहरुका लागि केही दिनदेखि भैरहवामा छन् ।

तपाईको प्रतिक्रिया