त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्ति प्रक्रियाको लागि अस्ति प्रकाशित विज्ञापन तत्काललाई रद्ध गरिएको छ ।
त्रिविको उपकुलपति छनोट तथा सिफारिस समितिले अस्ति सूचना मार्फत् दरखास्त आह्वान गरेको थियो । तर समितिको हिजोको निर्णयअनुसार अघिल्लो दिनको विज्ञापन रद्ध गरिएको आज प्रकाशित अर्को सूचनामा जनाइएको छ ।
समितिको सूचनामा त्रिभुवन विश्वविद्यालयमा कार्यरतले मात्रै उपकुलपतिको विज्ञापनमा आवेदन गर्न पाउने जनाइएको थियो । त्यसपछि सर्वत्र आलोचना भएकाले प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिनुभएको थियो ।