विराटनगर : कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कांग्रेस निकट कानून व्यवसायी अधिवक्ता रुपेश कोइराला नियुक्त भएका छन् ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन ।

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश सरकारको कानुनी सल्लाहकारका रुपमा मुख्य न्यायाधीवक्ताले काम गर्नुपर्छ । नवनियुक्त मुख्य न्यायधिवक्तामा कोइरालाको आजै शपथग्रहण हुने बताइएको छ ।

कोइराला यस अघि २०७८ चैत्रमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अवैतनिक कानुन विज्ञको रुपमा नियुक्त भएका थिए । त्यसबेला पनि वर्तमान मुख्यमन्त्री कार्कीे (तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री) ले कोइरालालाई कानुन विज्ञको रुपमा नियुक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया