काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा हुने ‘७औँ राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिता–२०८०’ घोषणा भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, चरौँदीमा हुने प्रतियोगिता आगामी फागुन ४ गतेदेखि ७ गतेसम्म हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार तीनलाख तोकिएको छ । यसैगरी, द्वितीय पुरस्कार दुईलाख, तृतीय पुरस्कार एकलाख र सान्त्वना पुरस्कार पचासहजार प्रदान गरिने छ ।

प्रतियोगी कलाकारमध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभूषा, नवगायक, नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले एक विज्ञप्तिमार्फत बताएको छ ।

प्रतियोगितामा भाग लिन चाहने प्रतियोगी समूहले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मातहतका शाखा समितिको सिफारिससहित एकजना पुरुष र एकजना महिला कलाकारको फोटो र परिचयपत्रसहित आगामी माघ २५ गतेसम्म समूह दर्ता गर्न सक्ने छन् ।

तपाईको प्रतिक्रिया