काठमाण्डौ  । विभिन्न संघ संस्थामा नेतृत्व गर्नुका साथै चलचित्र निर्माण तथा समाज सेवामा पनि उत्तिकै रुची राख्ने गायक तथा सर्जक बिक्रम जङ्ग शाहले आफ्नो पछिल्लो सांगीतिक प्रस्तुतिको रुपमा “हेर्छौ तन्की तन्की” बोलको गीतलाई सार्बजनिक गरेका छन् । आज मंगलबार बिहान ७ बजेको साइत परेर उनले सो गीत सार्बजनिक गरेका हुन् ।

उद्धार म्युजिक नेपाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतमा बिक्रम संगै लोकप्रिय अर्की गायिका प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतलाई अमृत भारतीले लेखेका हुन् भने संगीत प्रस्तुतकर्ता एवम् गायक स्वयम् बिक्रमले भरेका छन् ।

गीतको भिडियोमा बिक्रम जङ्ग शाह संगै चर्चित नायिका शिल्पा पोख्रेलले अभिनय गरेकी छिन् । मौसम हिमालीको निर्देशनबाट बनेको भिडियोलाई छायांकन नबराज उप्रेती र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नु होला :

तपाईको प्रतिक्रिया