काठमाण्डौ । बरु छाक छोड्न सकिन्छ तर नसकिने रहेछ गीत संगीतमा लागेको नशा छोड्न । यस्तै गीत संगीतको नशा त्याग्न नसकेका लोकप्रिय सर्जक उदय भट्टराई हुन् । उनले करिब २०-२२ वर्ष यता गीत संगीतको क्षेत्रमा लागेर नाम त कमाए होलान् , तर दाम भने रित्याएका छन् । अझै पनि उदयले विभिन्न गीत संगीतहरु प्रस्तुत गरेर यस क्षेत्रलाई धनि भने बनाईरहेका छन् ।
उदय भट्टराईको शब्द र रमेश परियारको लयमा “सलल राप्ती” बजारमा (भिडियो सहित)
उनको धोकै दियौनि २०६२ सालमा, उर्ली आयो मोदी र काली (२०६२) धागो राम्रो घुम्ने चर्खाको (२०६४) फेरी भेट हुन मन लाछ (२०६४) पाईलै पिच्छे जरो खन्छौरे (२०६५) मनको कुरा भन्न पाछैन (२०६५) कती मीठो बोली (२०६६) यो बैसमा रुन पर्याछ (२०६७) चौरि गाईको दुध नखाई नखाई सेलायो रोइला (२०६८) किन माया लाउछ (२०७७) नौतुना रेल (२०७८) चीसी कोकाकोला (२०७९) र कोपिला मा फुल झारेसी बोलको गीतहरु प्रकाशनमा आइसकेका छन् ।
स्थायी घर नेपाल गोर्खा र हाल अमेरिकाको बाल्टीमोरमा बस्दै आएका उदयले पुनः अर्को गीत सार्बजनीक गरेका छन् । उक्त गीत “सलल रापती” बोलको रहेको छ । प्रस्तुत गीतमा लय रमेश परियारको रहेको छ भने शब्द प्रस्तुतकर्ता स्वयम् उदय भट्टराईले भरेका छन् । गीतमा अहिलेका सर्वप्रिय गायक तथा सर्जक खेम सेन्चुरी र सदिक्षा कट्टेलको सुमधुर स्वर सुन्न सकिन्छ ।
गीत निर्माण गर्दा अडियो तथा भिडियोमा कुनै कन्चुसाई गरिएको छैन । उक्त गीतको भिडियोमा बिमल अधिकारी लोमस शर्मा, गीता ढुंगाना र बिशाल घिमिरेको आकर्षक अभिनयमा देख्न सकिन्छ । मौसम हिमाली र बिशाल घिमिरे द्वारा निर्देशित भिडियोलाई छायांकन नबराज उप्रेती र सम्पादन मनोज कार्कीले गरेका छन् । गीतलाई उदय भट्टराई युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
https://www.youtube.com/watch?v=LyitbbnDsrs