वैदेशिक रोजगार विभागअन्तर्गत ईपिएस कोरिया शाखाले उत्पादनतर्फ कोरियन भाषा परीक्षा (ईपीएस–टोपिक) को फाराम भरेका परीक्षार्थीहरुको रजिष्ट्रेशन नम्बर परिवर्तन गरेको छ ।

परीक्षा दिने विद्यार्थीको संख्या एक लाखभन्दा बढी भएपछि नयाँ रजिष्ट्रेशन नम्बर कायम गरिएको शाखाले जनाएको छ । परिवर्तित नयाँ रजिष्ट्रेशन नम्बर प्रवेश पत्र फाराम भर्दाको बेभसाइटमा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने जानकारी पनि दिइएको छ ।

‘सन् २०२३ को म्यानुफ्याक्चरिङ सेक्टरको कोरियन भाषा परीक्षाको आवेदन फाराम खुल्ला भएकोमा उक्त परीक्षाको लागि फाराम भर्नुहुने परीक्षार्थीहरु एक लाखभन्दा बढी भएकोले पहिलेको रजिष्ट्रेशन नम्बर परिवर्तन भएर नयाँ रजिष्ट्रेशन नम्बर कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि…’, आज प्रकाशित सूचनामा उल्लेख छ ।

शाखाले गत पुस २ देखि ६ गतेसम्म र पुस १६ देखि २० गतेसम्म कोरियन भाषा परीक्षाको आवेदन फाराम खुल्ला गरेको थियो ।

तपाईको प्रतिक्रिया