काठमाण्डौं ।

सामाजिक सञ्जालका चर्चित पात्र सिन्धुलीका युवराज सफललाई ज्यान मार्ने धम्की दिएको अडियो रेकर्ड सार्वजनिक भएको छ ।

सार्वजनिक सरोकारका विषयहरुमा उजुरी हालेर चर्चा र विवादमा परिरहने उनलाई एक अपरिचित व्यक्तिले ‘सुट गरेर’ सिध्याइदिने धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अडियोमा युवराज र परिचय नखुलेका एक व्यक्तिबीच चर्काचर्की परेको सुनिन्छ ।

शुरुमा अज्ञात व्यक्तिले भन्छन्– ‘कि मुद्दा फिर्ता लेउ नत्र २र४ दिनमा सुट गर्दिन्छु १’ त्यसपछि युवराजले ‘तिमि को रु’ भनेर सोध्दा ‘म को हुँ भन्ने त्यतिबेला थाहा पाउँछौ,’ भनेर थर्काएको अडियोमा सुन्न सकिन्छ । त्यसपछि, युवराजले ‘के गर्छौ अरे तिम्ले रु भनेर सोध्छन् । धम्की दिने व्यक्तिले भन्छ, ‘तँलाई म सिध्याइदिन्छु चार दिनभित्रमा १’

उक्त अडियो सामाजिक सञ्जालमा सेयर गर्नेहरुले सहकारी ठगीको आरोप लागेका पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेका समर्थकहरुले युवराजलाई ज्यान मार्ने धम्की दिएको टिप्पणी गरेका छन् । कतिपयले चर्चामा आउन उनी आफैँले अडियो बनाएर सार्वजनिक गराएको आशंका गरेका छन् ।

सर्वोच्च अदालतमा रिट हालेर लामिछानेको सांसद र मन्त्री पद खुस्काएका युवराजले सहकारी ठगी सम्बन्धमा छानबिनको माग गर्दै सहकारी विभाग र संसद सचिवालयमा पनि उजुरी हालेका छन् । अडियोमा बोल्ने व्यक्तिले ‘मुद्दा फिर्ता नगरे सिध्याइदिन्छु’ भनेर सायद त्यहि उजुरी फिर्ता लिन दबाब दिएको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया