फिल्म ‘गोर्खा वारियर’ को ट्रेलर सार्वजनिक भएको छ ।

मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक ट्रेलर हेर्दा फिल्मले सन् १९४९ मा मलायाको जङ्गलमा नेपाली गोर्खाली सेनाले देखाएको वीरताको कथालाई प्रस्तुत गरेको छ ।

बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले उक्त लडाई आफ्नै क्षमतामा लडेका थिए । उनिहरूको क्याम्पसँग सम्पर्क नभएता पनि हार नमानेको कारण ‘वीर गोर्खाली’ भन्ने गरिन्छ ।

निर्देशक चाम्सले यस फिल्मले नेपालीको गौरव गाथालाई फिल्ममार्फत विश्वले हेर्ने बताए । ‘मैले फिल्मको लागि दशक भन्दा बढी समय खर्चेको छु । आफैँ पुर्व सैनिक भएकाले मैले यसमा कुनै सम्झौता नगरी तीन वर्षको समय खर्चेर तयार गरे । यहाँ पैसा भन्दा पनि प्यासनले काम गरेकको हो’, निर्देशक चाम्सले भने ।

उनले ‘गोर्खा वारियर’ ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा छनोट हुनु सम्पूर्ण नेपाली फिल्मकर्मीका लागि गौरवको विषय रहेको बताए । बेलायतको लण्डनस्थित सिनेवल्र्डमा गरिएको पहिलो प्रदर्शनी (प्रिमियर) र बेलायतका प्रधानमन्त्री ऋषी सुनाकले लेख्नु भएको शुभकामना संदेशले आफूलाई उत्साहित बनाएको निर्देशक चाम्सले बताउनुभयो । पत्रकार सम्मेलनमा उपस्थित अभिनेता रितेश चाम्सले आफू पुर्व सैनिक भएकाले पनि उक्त भूमिकालाई जीवन्त बनाउन सफल भएको बताए ।

विदेशी फिल्ममा वीरताको कथा प्रस्तुत गरिएको धेरै भएता पनि नेपालमा भने बल्ल सुरू हुँदैछ । यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय रहेको छ । आयोजित पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, पुर्व मिस नेपाल माल्भिका सुब्बा, पर्यटन व्यवसायी दिनेश डंगोल लगायत उपस्थित थिए ।

तपाईको प्रतिक्रिया