प्रधान सेनापति प्रभुराम शर्माले सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार/सुबेदारलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा मंगलबार एक समारोहबीच प्रधान सेनापति शर्माले सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार/सुबेदारलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो ।
सैनिक सेवा नियमावली २०६९ बमोजिम साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप बढुवा भएका प्रमुख सुबेदार/सुबेदार ३२ जना मध्ये विभिन्नत संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका ९ जना बाहेक २३ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
सो अवसरमा प्रधान सेनापतिसागै बलाधिकृत रथी अशोकराज सिग्देलले पनि पदोन्नति भएका पदिकहरुलाई सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।
समारोहमा रथीवृन्द, अधिकृतहरुका साथै बढुवा हुनु भएका अधिकृतहरुका परिवारजनको उपस्थिति थियो । लामो समय सेनामा रहेर योगदान पुर्याएका एवं अनुभवी पदिकहरुको अधिकृत दर्जामा बढुवाको व्यवस्थाले आन्तरिक वृत्ति विकासमा राम्रो अवसर सृजना गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।