काठमाण्डौ । लोक दोहोरी गीत संगीतको क्षेत्रा सम्बृद्धिका लागि जुटेका सिन्धुपाल्चोक जिल्लाका युवा नकुल थापाको लयमा भर्खरै मात्र “चरी बनमा” बोलको गीत सार्बजनिक भएको छ । उनि रोजगारीको शिलसिलामा प्रबासमा रहेका थिए । हाल छुट्टीको समय अनुकुलमा नेपाल आएको बखत थापाले यस गीतलाई सार्वजनिक गरेका हुन् ।

गीत राधिका गिरी र शान्ति पोखरेलको प्रस्तुतिमा बजारमा आएको हो । नाकुल्को लय द्वारा सजिएको गीतलाई बिष्णु थापाले लेखेका हुन् । गीतमा बिष्णु थापा, नकुल थापा, राधिका गिरी र शान्ति पोखरेलको स्वर सुन्न सकिन्छ । मौलिक पनमा तयार भएको गीतमा कसैको सुन्दरतामा मोहित भएको कथा समाबेस गरिएको छ ।

बिष्णु थापा अफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा चन्द्र कुमार श्रेष्ठ, कौशिला कार्की, निश्चल जङ्ग थापा र गृष्मा थापा मगरको आकर्षक अभिनय देख्न सकिन्छ । गाउँ ठाउँमा हुने कुनै जात्रामात्राको झझल्को यस गीतको म्युजिक भिडियोले मेटाउने छ । भिडियोलाई निर्देशन तथा सम्पादन हुम गैह्रे गरेका हुन् भने छायांकन डेनीशले गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
https://www.youtube.com/watch?v=GBKu2yUOesI

तपाईको प्रतिक्रिया