बागमती प्रदेश सरकारले करार सेवामा झण्डै पाँच सय नर्स माग गरेको छ । सामुदायिक विद्यालयमा काम गर्ने ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत प्रदेशको स्वास्थ्य निर्देशनालयले चार सय ५७ जना नर्सका लागि विज्ञापन गरेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी चैत १४ गतेभित्र दरखास्त बुझाउन आह्वान गरिएको छ । दरखास्त स्वास्थ्य निर्देशनालय, हेटौंडा र बागमती प्रदेशका जिल्लास्थित स्वास्थ्य कार्यालयहरुमा बुझाउन सकिन्छ ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र उत्तीर्णपछि सम्बन्धित काउन्सिलमा दर्ता अद्यावधिक भएकाले आवेदन दिन सक्नेछ ।

तपाईको प्रतिक्रिया