काठमाण्डौ । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा केहि गरौँ भन्ने जोश जाँगरका साथमा आएका प्रतिभावान कलाकार नारायण गोपालीले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा “लाल हिरा” बोलको गीत सार्वजनिक गरेका छन् ।

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० स्थायी घर भएका उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । करिव आधा दर्जन गीत सार्वजनिक गरिसकेका नारायणको पछिल्लो गीत “लाल हिरा” बोलको गीतमा उनि संगै अर्की लोकप्रिय गायिका कोपिला तामाङ्ग वाइवाको पनि सुमधुर स्वर सुन्न सकिन्छ ।

उनको स्थायी घर मकवानपुरमा पुर्खाहरुले प्रयोग गरेका शब्दलाई टपक्कै टिपेर गीत बुनेकोले सबैले गीतको यथार्थतालाई बुझेर सुनिदिनुहुन नारायणले अनुरोध गरेका छन् ।

नारायण गोपालीद्वारा लय तयार भएको गीतमा शब्द संगम थापाको रहेको छ । गीतको भिडियोमा लोमस शर्मा र निहारिका थापाको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई मिलन श्रेष्ठद्वारा निर्देशित भिडियोलाई कोरियोग्राफी अमोन रानाले गरेका हुन् भने छायांकन बिशाल गोङबा र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई नारायण गोपाली युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गायक तथा सर्जक नारायणले केहि दिनमा नै अर्को गीत “चिसो भुइमा” ल्याउने तयारी गरिरहेका छन् । उक्त गीतमा नारायण कै लय र अशोक कुमार सापकोटाको शब्द रहेको साथै स्वर भने नारायण गोपाली र अम्बिका आचार्यको सुन्न सकिने गोपालीले बताएका छन् । नारायणले चित्लांगको डाँडैमा, पालुङ्ग डाँडाबास, खरको छानो माया पुरानो, माया छ मनभरी लगायत गीत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

भिडियो हेर्नयहाँ क्लिक गर्नु होला

 

तपाईको प्रतिक्रिया