काठमाण्डौ । सुन्दै नाचौं नाचौं लाग्ने, यो गीत हो सुमन घलानको । उनले भर्खरै मात्र “हे कान्छी” बोलको गीत सार्वजनिक गरेका छन् । कुनै पनि गीत संगीत प्रस्तुत गर्दा श्रोता तथा दर्शकहरुको चाहनालाई मध्यनजर गर्न सकिएन भने यस क्षेत्रमा लागेको सार्थकता रहँदैन ।

यी सबैको संयोजन गर्न सिपालु घलानले आफुले बजारमा ल्याएको गीत कस्तो लाग्छ युट्युब कै कमेन्ट बक्समा प्रतिक्रिया दिनुहुन सबैलाई अनुरोध गरेका छन् ।

सार्वजनिक भएको छोटो समयमा नै आधा लाख दर्शकको नजर पुगेको गीत निकै कर्णप्रिय बनेको छ । सार्वजनिक गीतमा भीमसेन मोक्तान र रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय शब्द सुमन घलानले नै तयार पारेका हुन् ।

सुमन घलान नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा सरोज प्रजा र संचिता बोलखेको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको भिडियोलाई कोरियोग्राफी तथा निर्देशन अमन रानाले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन रोशन धितालले गरेका छन् ।

थाक्रे ३ धादिङ्ग स्थायी घर भएका गायक भीमसेन मोक्तानले गीत रिलिज हुनुपूर्व नै बजारमा आउने गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले मायाँ गरिदिनुहुनेमा बिश्वस्त रहँदै फेसबुक मार्फत स्टाटस राखेका थिए । यसरी आफ्नो जिम्मेवारी सकिएपछी थोरै मात्र कलाकारले आफु संलग्न भएको गीतको बारेमा प्रचार-प्रसार गर्ने गर्दछन् । उनको अहोले सम्म ३ वटा गीत बजारमा आइसकेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

 

तपाईको प्रतिक्रिया