ललितपुर महानगरपालिकाले सहकारी संस्थाबाट लिएको ऋण रकम चुक्ता गर्न ऋणीहरुलाई आग्रह गरेको छ । आज सार्वजनिक सूचना निकालेर महानगरले ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमै भुक्तान गर्न भनेको हो ।

ऋणीहरुले समयमा साँवा तथा ब्याज फिर्ता नगर्दा बचतकर्ताको बचत फिर्ता गर्न असहज परिस्थिति सिर्जना भएको गुनासो आइरहेको जनाउँदै महानगरले विद्यमान कानुन र सहकारी ऐन विपरित नगर्न सचेत गराएको छ । अन्यथा सहकारी ऐन, २०७५ को दफा ६२ बमोजिम कारवाही हुने चेतावनी दिइएको छ ।

समयमै ऋण चुक्ता नगर्ने ऋणीको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउने कानूनी व्यवस्थाबारे पनि महानगरले स्मरण गराएको छ ।

तपाईको प्रतिक्रिया