काभ्रेपलाञ्चोकको नमोबुद्धमा दुई जना वृद्धबीच भएको लाठी हानाहानमा एक जना गम्भीर घाइते भएका छन् । ७० र ६९ वर्षे वृद्धहरुबीच घाँस काट्ने निहुँमा विवाद हुँदा लाठी प्रहार भएको बताइएको छ ।

स्थानीय ७० वर्षे हरिप्रसाद ओझा र ६९ वर्षका नारायणप्रसाद सिलवालबीच खेतबारीमा काट्ने घाँसबारे गलफत्ति भएको थियो । विवाद चर्केपछि दुबैले लाठी हानाहान गर्दा ओझाको टाउकोमो गहिरो चोट लागेको प्रहरीले बताएको छ । उनलाई उपचारार्थ धुलिखेल अस्पताल ल्याइएको छ ।

घाइते सिलवालको भने भकुण्डेबेशीस्थित मेथिनकोट अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

तपाईको प्रतिक्रिया