काठमाण्डौ । नेपाली लोक संगीतको बजार खस्कीरहेको अवस्थामा कयौं कलाकारहरु पलायन भैरहेका छन् । यसो हुँदा गीत संगीतको उत्पादन पनि पहिलेको तुलनामा न्यून भएको छ ।

तर यहाँ कलाकार गोकुल प्रसाद ढकालको संयोजनमा आफ्नो व्यवसायको बिज्ञापन पनि हुने र आफु सांगीतिक यात्रामा पनि टिकीरहने चलाखिमा एक गीत बजारमा आएको छ । यस क्षेत्रबाट विस्तापित हुनु भन्दा यो आवस्यकता हो ।

यस्तै आवस्यकता भित्र अहिले काठमाण्डौको साँखु नजिक पालुबारिमा कुटी कटेज संचालनमा आएको छ । सोहि कटेजको प्रचार-प्रसार तथा सम्पूर्ण संगीतका प्यासीमनहरुका लागि सांगीतिक आनन्द प्रदान गर्न नवराज ढकालको प्रस्तुतिमा “रातो भाले खाउँ” बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा दिनेश श्रेष्ठको लय रहेको छ भने गोकुल प्रसाद ढकालले चलाखीपूर्ण ढंगले शब्द बुनेका छन् । प्रस्तुत गीतमा स्वर  दिनेश श्रेष्ठ, मन्जु बि क, गोकुल प्रसाद ढकाल, बिनोद लामिछाने, पबित्र गुरुङ अनि उर्मिला सुन्दासको सुन्न सकिन्छ ।

गीतबाट उक्त कटेजको प्रचार-प्रसार मात्र होइन पूर्ण सांगीतिक आनन्द पनि प्राप्त हुने गायक गोकुलले जनाएका छन् । उनको बाठो चालले एक तिरबाट दुई सिकार हुने पक्का छ । गोकुलले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

“रातो भाले खाउँ” बोलको गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनाइएको छ । भिडियोमा कुमार सुनेल, दिपा शाही र राजेन्द्र गिरी गिन्द्रुकेको अभिनय देखिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन राम के सी र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला।

तपाईको प्रतिक्रिया