काठमान्डौ – लोकप्रिय गायक गायिका नेत्र भण्डारी र शान्ति श्री परियारको सुमुधुर आवाजमा सजिएको जय जय माया बोलको गीत सार्वजनिक भएको छ।

नन्दु परियारको संगीत बिक्रम विश्वकर्माको शब्द लेखनमा रहेको यो गीतले दर्शकको माया जित्ने पक्का देखिन्छ ।

पछिल्लो समयमा दर्शक श्रोताले अत्यधिक मन पराउने गरेका गायक नेत्र भण्डारी र गायिका शान्ती श्री परियारका एक पछि अर्को गीत बाहिरीएका छन।

हजारौं गीत बजारमा पठाईसकेका गायक भण्डारीले जय जय मायालाई पनि दर्शकले त्यतिकै मन पराईदिने अपेकक्षा राखेको ईन्टरनेटमेन्ट खबरलाई बताए बताए ।

यस्तै अहिलेको गीत संगीत बजारले संगीत शब्दमा नन्दु परियार र विक्रमलाई खोजिरहेको समेत देखिन्छ। उनीहरुको लागि यो चुनौतीको समेत विषय बनेको छ ।

नन्दु परियार आफैमा संगीतकार मात्र नभै मीठो गाउने गाउने गायक हुन। तर उनले स्वर भन्दा पनि धेरै गीतमा संगीत गर्ने गरेका छन।

आफुले धेरै गीतमा संगीत गरेपनि नन्दनी बोलको गीतले दर्शकसामु आफुलाई चिनाउने गरेको रंग दर्पणको सम्वादमा उनी बताउँछन।

रिजन नेपालको अफिसियल युटुबबाट बजारमा पठाईएको जय जय माया बोलको गीतले पनि अघिल्ला संगीत जस्तै दर्शकबाट माया पाउने उनले बताए ।

मौसम हिमालीको निर्देशन कोरियोग्राफि नवराज उप्रेतीको छायांकन रहेको गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन।
गीतको भिडियोमा नायक पुस्प खड्का र कृस्टिना अधिकारीको अभिनय रहेको छ। यस्तो छ भिडियो

तपाईको प्रतिक्रिया