काठमाण्डौ । बिभिन्न कारण बाध्यताले परदेशिएका अशंख्य दाजुभाई तथा दिदि बहिनीहरुलाई आफ्नो घरपरिवारबाट टाढा रहँदा एक मात्र मन भुलाउने बाटो गीत संगीत हुने गर्दछ । यसैले पनि उनीहरु अनलाइन रोधीघर संचालन गरेर होस् अथवा कुनै गीत रेकर्ड गरेर नै होस् अगाडी बढ्ने गर्दछन् ।

यसरी परदेशीहरुले मन भुलाउने चौतारीको रुपमा गीत संगीतलाई लिँदा यस क्षेत्रको सम्वृद्धि भएको छ भन्ने कुरामा चाहिं धेरैको बुझाई नहोला । यो मात्र नभएर उनीहरुले विभिन्न अनलाइन दोहोरी संचालन गरिरहंदा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा राम्रा कलाकारको उत्पादन पनि हुने गरेको कुरा पनि नकार्न सकिंदैन ।

माथि उल्लेखित बिषय जस्तै बिगत निकै लामो समयदेखि संचालन हुँदै आएको अनलाइन दोहोरी बाग्लुङ बडिगड रोधीघर हो । यस अनलाइन दोहोरीले आफ्ना मन भुलाउने माध्यमको रुपमा मात्र होइन, गीत संगीतको क्षेत्रमा नवकलाकारलाई जन्माउने काम पनि गर्दै आएको छ । फलस्वरूप यसै रोधीघरले आफ्नो दोस्रो प्रस्तुतिको रुपमा “बिन्ति सानु” बोलको गीत सार्वजनिक गरेको छ ।

परदेशमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्र सम्बृद्धिका लागि यस बाग्लुङ बडिगड रोधीघरले निर्वाह गरेको भूमिकालाई आम दर्शक श्रोताहरुले सार्थकता तुल्याउन सुनेर र हेरेर साथ् दिनुपर्ने आवस्यकता छ ।

प्रस्तुत गीतमा भिषण थापा मगर र सिर्जना मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द भिषण थापा मगरले नै भरेका छन् । निकै मर्मस्पर्सी स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र जुना गुरुङ्ग को जीवन्त अभिनय देख्न सकिन्छ ।

बाग्लुङ बडिगड रोधीघरले पहिलेको प्रस्तुति जस्तै यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मनपराई दिनुहुनेछ भन्ने कुरामा विस्वास व्यक्त गरेको छ । गीतलाई लोकप्रिय गायक तथा सर्जक समिर आचार्य युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया