काठमाण्डौ – नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा दुई जनाले उम्मेदवारी दिनुभएको छ । नाट्टाको पर्सि २५ गते हुन लागेको ५७ औँ वार्षिक साधारणसभा एवम् चुनावमा अध्यक्ष पदमा नाट्टाका वर्तमान वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल र महासचिव कुमारमणि थपलियाले उम्मेदवारी दिनुभएको हो ।
वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । महासचिवमा भने युविका भण्डारी र अमृतकुमार ढकालको उम्मेदवारी परेको छ । सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित हुनुभएको नाट्टाका निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिनुभयो ।
सदस्यमा दिनेश मैनाली, सुदर्शन गजुरेल, श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेलको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।