आजको पञ्चाङ्ग , वि.सं. २०८१ आश्विन १२ गते शनिवार तदनुसार ई. सं. २०२४ सेप्टेम्बर २८ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४७ बजे र सूर्यास्त : साँझ ०५:४४ बजे, चन्द्रास्त : दिउँसो ०२:२० बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:०१ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०५:५२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०१ बजे र सूर्यास्त : साँझ ०५:५८ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:१६ बजे र सूर्यास्त : साँझ ०६:१२ बजे, आश्विन कृष्ण (पितृ) पक्ष (ञलागा) एकादशी तिथि, साँझ ०४:५२ बजेसम्म, त्यसपछि द्वादशी तिथि, अश्लेषा नक्षत्र, (अहोरात्र व्याप्त) चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, भोलि बिहान ०३:३१ बजेसम्म, त्यसपछि साध्य योग , सुरुमा बालब करण साँझ ०४:५२ बजेसम्म, त्यसपछि कौलव करण भोलि बिहान ०५:१८ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : मानस, चन्द्रवणर् : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय (साँझ ०४:५२ बजेसम्म), त्यसपछि नैऋत्य, वारशूल : पूर्व, वाणपञ्चकमध्ये अग्नि वाण : साँझ ०५:०० बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, आज : श्री इन्दिरा एकादशी व्रत, सोह्र श्राद्धअन्तर्गत एकादशी श्राद्ध, नागरिक सुरक्षा दिवस
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १३ गते : सोह्र श्राद्धअन्तर्गत द्वादशी श्राद्ध, सन्न्यासी, यति, ब्रह्मचारी र वैष्णवजनको श्राद्ध, मघाश्राद्ध, फर्पिङमा हरिशङ्कर यात्रा, विश्व मुटु दिवस, अन्तर्राष्ट्रिय आविष्कारक दिवस, १४ गते : श्री सोम प्रदोष व्रत (मनोद्वेग निवृत्ति तथा पुत्रप्राप्तिहेतु), सोह्र श्राद्धअन्तर्गत त्रयोदशी श्राद्ध, कलियुगादि, जुम्ला खलङ्गामा चन्दननाथको लिंगो ठड्याउने दिन, अन्तर्राष्ट्रिय अनुवाद दिवस, १५ गते : सोह्र श्राद्धअन्तर्गत चतुर्दशी श्राद्ध (शस्त्रादिबाट अकालमा मरेकाहरूको श्राद्ध), प्राणनाथजीको जन्मोत्सव (कृष्णप्रणामी), नलास्वन चह्रे पूजा, अन्तर्राष्ट्रिय सङ्गीत दिवस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
केहि नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै, रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ ।आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ । रोगको कारणले धनको पनि नाश होला । आज तपाइलाई अल्छिपनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा विचार पुर्याउनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ । प्रशस्त पैसाको कारोबार होला । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ । तपाइको बुद्दीको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । अन्नको लाभ पनि होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिश्रम गर्न सके खेर जादैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ, यात्रा पनि होला । आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ, कसैबाट समर्थन पनि पाइएला । धनको लाभ अर्थात रुपैया पैसा कमाइने दिन छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला । परिवारमा हल्का विवाद हुन सक्छ । शरिरमा सामान्य रोगले सताउला । तर, पनि सामाजिक सम्मान भने पाउने समय छ । यात्राको पनि योग छ । अनौठो तरिकाबाट रुपैँया पैसा कमाइने छ, आज रमाइलो यात्राको योग पनि रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । सामान्य रोगले पनि सताउला । आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला । आज तपाइलाई सामान्य रोगले सताउला, सावधान रहनु होला । साथै, भौतिक सर सामानको पनि क्षति हुने दिन छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम प्रसंग एवम् बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाव होला । सोचेको काम पुरा नहुन सक्छ । बिहानी पख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । बन्दैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला । पढाइमा भने आज खासै प्रगति नहोला । आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ । नचिताएको ठाँउबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । पैसा भने अनायसै खर्च होला । कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुन्छ । परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
झै झगडाको सम्भावना छ । मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नुहोला । तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ, सतर्क रहनु होला । कसैसँग हल्का मनमुटाव पनि होला । विचार बढ्ने समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
केहिले सम्मान गर्नेछन्, केहिले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )