विराटनगर ३० कात्तिक । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि माेरङकाे ग्रामथानमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे उद्घाटन मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत माेरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले गर्नुभयाे । ग्रामथान गाउँपालिकाकाे कार्यालयमा रहने गरि मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हाे ।

कार्यालय स्थापना पछि मुख्य निर्वाचन अधिकृत भट्टराईले आजै सर्वदलिय छलफल गर्नु भएकाे छ । उहाँले निर्वाचन स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न राजनीतिक दलकाे भूमिका महत्त्वपूर्ण हुने बतनउनुभयाे । छलफलमा राजनीतिक दलले भयरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनएका थिए ।

मुख्य निर्वाचन अधिकृत भट्टराईले निर्वाचन कार्यक्रम मंसिर २ गते देखि शुरू हुने बताउनुभयाे । पहिलो दिनकाे कार्यक्रम मनाेनयन दर्ता रहेकाे उहाँले बताउनुभयाे ।मनाेनयन दर्ता विहान १० वजेबाट शुरू गरिने भएकाे छ । मनाेनयन दर्ताका लागि राजनीतिक दलहरूलाई समय दिइएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ । निर्वाचन आचारसंहिता, मनाेनयन दर्ताकन लागि आवश्यक जानकारीबारे प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चाेलाराज दंगालले जानकारी गराउनु भएकाे थियोे । ७ वटा वडा रहेकाे ग्रामथानमा उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन् ।ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारकाे गत असार ३ गते निधन भएपछि उपनिर्वाचन हुनलागेकाे हाे ।

-साभार अरुण खवर

तपाईको प्रतिक्रिया