काठमाडौं । नेपाल स्रष्टा समाजले कार्यविभाजन तथा सल्लाहकार मनोनयन गरेको छ । समाजको केन्द्रिय कार्यसमितिको बैठकले कार्यसमितिमा विभिन्न कार्यविभाजन गरेको हो ।
केन्द्रिय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । यसैगरी बैठकले विभिन्न उपसमितिका संयोजकहरु तोकेको छ । जस अनुसार अन्तर्राष्ट्रिय सम्पर्क उपसमितिको संयोजकमा उपाध्यक्ष डा। सदानन्द कडेल,प्रदेश समितिहरुसँग समन्वय गर्ने जिम्मा महासचिव देविकानन्द तिमल्सिना,प्रचार समिति संयोजक प्रदीप सापकोटालाई जिम्मेवारी तोकिएको छ।

यसैगरी कार्यसमिति सदस्य डा। शान्तिमाया गिरीलाई समाजको मुखपत्र स्रष्टा दर्पणको कार्यकारी सम्पादकको जिम्मेवारी दिएको छ । साथै सोही बैठकले समाजको सल्लाहकारमा वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्धय नगेन्द्रराज शर्मा र रोचक घिमिरे,वरिष्ठ नाटककार एवं साहित्यकार अशेष मल्ल,प्रा।डा।गोविन्दराज भट्टराई तथा प्रा।डा।लक्ष्मणप्रसाद गौतमलाई मनोनयन गरेको छ । समाजले आफ्नो स्थापना दिवस पुष १६ लाई प्रदेश तथा प्रदेश तथा केन्द्रिय स्तरमा भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया