काठमाडाैं, ११ मंशिर । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भए पछि सेयर बजार उकालो लागेको छ । 

 

हिजो मात्र बोर्डमा सरकारले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको थियो । उनको नियुक्ति लगत्तै सेयरबजार उकालो लागेको हो ।

नयाँ अध्यक्ष पाएको पहिलो  दिनमा नेप्से सूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ३२.०३ अंकले बढे २७१५.२८ अंकमा बन्द भएको हो। यो दिन सबै समूहको उपसूचकहरु बढेर बजारमा हरियाली देखिएको छ ।

 

कारोबारमा आएका ३१२ वटा धितोपत्रमध्ये २११ वटा धितोपत्रको मूल्य बढेको छ। बाँकी ३२ वटा धितोपत्रको भने आज मूल्य घट्न पुगेको छ।

तपाईको प्रतिक्रिया