विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा समृद्ध समाज नेपाल संयोजनमा विराटनगरमा तीन दिने महिला सेल्फ-डिफेन्स तालिम २०८१ सुरु भएको छ। आज विराटनगर स्थित सत्यनारायण माध्यमिक विद्यालयको सभाहलमा फागुन ३ गते सम्म चल्ने तालिम सुरु भएको हो।
तालिमको उद्घाटन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले विराटनगरका विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत किशोरीहरुलाई महिला माथि हुने विभिन्न किसिमको हिंसालाई रोक्न तथा आत्मरक्षाको सिप सिकाउनका लागि तालिम प्रभावकारी हुने बताउनु भयो। बस्नेतले तालिममा आत्मारक्षा सिप सहित संविधान तथा विभिन्नकानुनी विषयमा जानकारी समेत प्रदान गरिने जानकारी दिनु भयो ।
बस्नेतले कोशी प्रदेशका १४ वटै जिल्लामा महिला सेल्फ डिफेन्स तालिम संचालन गर्ने समेत प्रष्ट पार्नु भयो।
तीन दिने तालिममा विराटनगरका १३ वटा सामुदायिक विद्यालयका झन्डै १०० जना विद्यार्थीको सहभागिता रहने समृद्ध समाजकी अध्यक्ष कला डाँगीले जानकारी दिनु भयो।







































































