पाँचौं संस्करणको ‘मिस एसईई इटहरी’ सौन्दर्य प्रतियोगिताको ट्यालेन्ट राउन्ड मंगलबार सम्पन्न भएको छ। किशोरीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको यो चरण सुनसरीको इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको हो।

ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको ग्रान्ड फिनाले जेठ ३१ गते (शनिबार) साँझ ६ बजे इटहरीको लायन्स क्लबमा हुने कार्यक्रम निर्देशक सरोज श्रेष्ठले जानकारी दिए।

ट्यालेन्ट राउन्डमा प्रतियोगितामा सहभागी २६ जना किशोरीहरूले आ–आफ्नो कला प्रस्तुत गरेका थिए। कार्यक्रममा निर्णायकको भूमिकामा आकाश इन्स्टिच्युटका सीइओ गोपाल निरौला, ओपन स्पेस प्रालिकी सीइओ सजिना श्रेष्ठ, कोरियोग्राफर निकिशा कठायत र सामाजिक अभियन्ता निराजन पाण्डे थिए। सञ्चालनको जिम्मेवारी शुभेक्षा कार्कीले सम्हालेकी थिइन्।

उपाधि जित्न हाल सुजना श्रेष्ठ, श्रेयांशी भट्टराई, अमिका घिमिरे, पवित्रा कुँवर, रक्षा मोचि, प्रीति थापा, समीक्षा कार्की, पुष्पाञ्जलि श्रेष्ठ, अर्पणा राउत, कृतिका सुवेदी, स्नेहा कटवाल, बेदिका भुजेल, रितिका खड्का, रचना मगर, रोस्मी राई, आयुषा बराल, आयुषा राउत, रेश्मा विष्ट, संस्कृति दाहाल, रेनेशा प्रधान, अदिति गुरागाईं, इप्सिता रेग्मी, युना राई, पेरिशा शंकर लगायतका किशोरीहरू मेहनतमा जुटिरहेका छन्। उनीहरूको कोरियोग्राफी शुभेक्षा कार्कीले गरिरहेकी छन्।

कार्यक्रमका विभिन्न पक्षहरूमा सहयोग पुर्‍याउने संस्थाहरूमा आकाश इन्स्टिच्युट र यार्सागुम्बा रहेका छन्। मिडिया पार्टनरका रूपमा परी कला न्यूज, श्रृङ्गारमा एसबी मेकअप एण्ड नेल स्टुडियो, फोटोग्राफी र भिडियोका लागि निश्चल ग्यालरी, डिजाइनिंगमा वि प्रोडक्सन, ड्रेस डिजाइनमा निधि बुटिक, तथा संयोजनमा इटहरी उपमहानगरपालिका र एजुकेशन पार्टनरका रूपमा सुष्मा गोदावरी कलेज रहेका छन्।

प्रतियोगिताका विजेताले प्लस टु तहमा पूर्ण छात्रवृत्तिका साथै विभिन्न उपाधिहरू र पुरस्कार प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया