काठमाडौं। राजधानीको काठमाडौं मलमा अवस्थित ‘आयुर्वेदिक सिटी वेलनेस प्रा.लि.’ को एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ छ । नेपाली व्यवसायिक क्षेत्रमा महिलाको सशक्त उपस्थिति र प्राकृतिक जीवनशैलीको प्रबर्धन गर्ने उद्देश्यका साथ लक्ष्मी मल्ल र देव सागरको नेतृत्वमा यो संस्था औपचारिक रूपमा संचालनमा आएको हो । लामो समयदेखि व्यवसायिक क्षेत्रमा सम्भावना खोजिरहेकी लक्ष्मी मल्ल र व्यवसायिक दृष्टिकोणमा सशक्त सोच राख्ने देव सागरले मिलेर नेपाली समाजमा आयुर्वेद र वेलनेसको नयाँ दिशा दिन खोजेका हुन्।

काठमाडौं मलमा अवस्थित यस वेलनेस सेन्टरले शप नं ४०८ बाट सेवा प्रदान गर्नेछ । ‘नेचुरल हिलिङ’, ‘ब्युटी थेरापी’, ‘मेंटल रील्याक्सेसन’ जस्ता सेवा दिइने यो केन्द्रले आयुर्वेदलाई आधुनिक शहरी जीवनशैलीसँग जोड्ने प्रयास गरेको छ । उद्घाटन समारोहमा अभिनेत्री, मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्य यस संस्थाको प्रारम्भिक सोचदेखि नै सघाउने सक्रिय पात्रका रूपमा रहिएकी छिन् ।महिला नेतृत्वमा यस्तो व्यवसाय सुरु हुनु निकै नै सकारात्मक कुरा भएको उनको भनाइ छ ।यस्तै सञ्चालक लक्ष्मी मल्लले नेपाली समाजमा आयुर्वेदको महत्त्वलाई पुनःस्थापित गर्ने उद्देश्य रहेको बताइन् । उनले यस वेलनेस सेन्टरले प्राकृतिक उपचार, सौन्दर्य सेवा र मानसिक सन्तुलनमा आधारित सेवा प्रदान गर्ने जानकारी दिँदै भविष्यमा ’आयुर्वेदिक सिटी वेलनेस प्रा.लि.’ को शाखा देशभर विस्तार गर्ने योजना रहेको बताइन् ।समारोहमा वन तथा वातावरण राज्य मन्त्री रूपा विक पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो। चलचित्र, समाजसेवा र व्यवसाय क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा वरिष्ठ कलाकारहरु शिव श्रेष्ठ , धिरेन शाक्य कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति देखिएको थियो। साथै, स्थानिय प्रतिनिधिहरू, व्यवसायिक सहकर्मी तथा मित्रजनहरूको सक्रिय साथले कार्यक्रममा थप रौनक र सफलताको वातावरण सिर्जना गरेको थियो।

 

तपाईको प्रतिक्रिया