काठमाडौं, १९ बैशाख । अब प्रत्येक बर्ष फागुनमा नसर्ने रोग महिनाको रूपमा मनाइने भएको छ ।

 

१४ बर्ष मुनिका बालबालिकामा क्यान्सर देखिएमा निःशुल्क उपचार गर्ने जनाएको सरकारले छरिएको स्वास्थ्य सेवालाई एकीकृत बनाइने पनि घोषणा गरिएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।

 

राष्ट्रपतिद्दारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ ।
 

तपाईको प्रतिक्रिया