काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी पश्चिम सरावल गाउँपालिका-२ घर भई ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ बस्ने ४० वर्षीय भुप नारायण चौधरी रहेका छन्।चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै २ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

तपाईको प्रतिक्रिया