नयाँ नाटक ‘स्वर्णदेश – द ड्रिमल्यान्ड अफ मिल्क एन्ड ग्रेभ्स’ आगामी साउन ९ गतेदेखि मण्डला थिएटर, थापागाउँमा मञ्चन हुने भएको छ। निर्माण टिमले आइतबार एक पोस्टर सार्वजनिक गर्दै मञ्चन मिति सार्वजनिक गरेको हो।

सरिता कठायतको कथा र आकाश नेपालीको निर्देशनमा तयार भएको यो नाटक योलो इन्टरटेनमेन्ट र शुभकाशाको सहकार्यमा निर्माण गरिएको हो।
मौलिक कथामा आधारित नाटकले प्रेम, आत्मीयता, सपना र निराशाका गहिरा भावनाहरूलाई समेट्दै देशको वर्तमान अव्यवस्थित अवस्थामा बाँचिरहेका युवाहरूका लुकेका र नसुनिएका कुराहरू प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

नाटकमा सुजन खतिवडा, सुज्यान सिलवाल, सन्तोष गिरी, भूपी लुहार, जर्निको ‘निक’ कल्मर, सन्देश कार्की, परितोषिका पन्त, उज्वल बान्तवा राई, चिराग पनेरु, आरति गौतम, अनिल कुर्मी र आदित्य मिश्रको अभिनय रहनेछ।

मञ्चन साउन २५ गतेसम्म चल्नेछ। सोमबार बाहेक हरेक दिन साँझ ६:४५ बजे र शनिबार दिउँसो ३:३० बजे विशेष सो हुने बताइएको छ।

तपाईको प्रतिक्रिया