काठमाडौं — नेपाली संगीतप्रेमीका लागि डा सुवोध पोखरेलको ‘भगाएर लाने भए’ सार्वजनिक भएको छ ।गायिका रचना रिमालको स्वरमा रहेको गीतमा प्रेमील जोडिहरुको मायाको बाचा र कसमलाई गीतमा समेटिएको छ । लोक आधुनिक शैलिमा निमार्ण गरिएको गीतमा प्रेमका भावलाई आकर्षकरुपमा प्रस्तुत गरिएको छ । दीपक शर्माको संगीत र नरेन्द्र बियोगीको संगीत संयोजनमा गीत तयार गरेर बजारमा ल्याईएको छ ।
अर्जुन तिवारीको छायाँकन , प्रविण भटटको सम्पादन र डा सुवोध पोखरेलको निर्देशनमा भिडियो तयार गरिएको छ ।गीतको अडिया तथा भिडियो दुवै सार्वजनिक एकै साथ गरिएको गीतकार डा सुवोध पोखरेलले बताए । युगल जोडि बीचको प्रेमको भावलाई निकै आकर्षक ढंगबाट प्रस्तुत गरिएको कारणले आम दर्शक तथा श्रोताको मनमा गीत बस्न सफल भएको छ । रोशन विश्वकर्मा र जुना विश्वकमाको निकै लोभ लाग्दो अभिनय रहेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।




































