बल्छी धुर्वे फिल्मस् प्रोडक्सनको व्यानरमा बनेको नयाँ फिल्म ‘गोबर गणेश’ले आफ्नो शीर्ष गीत सार्वजनिक गर्दै दर्शकमाझ उत्साह थपेको छ भने  मरिचमान श्रेष्ठको स्वरमा सजिएको यस गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ, जसले रमाइलो र हल्का कमेडी स्वाद दिएको छ।

त्यस्तै माघ १ गतेदेखि प्रदर्शनमा आउने फिल्म बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा निर्माण भएको छ । मरिचमान श्रेष्ठकै निर्देशनमा तयार भएको यो फिल्मको सम्पादन विपिन मल्लले गरेका छन् भने  गीतको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी देख्न सकिन्छ भने छायांकन संकल्प भुजेलले गरेका हुन्। फिल्मको सिनेम्याटोग्राफी शिवराम श्रेष्ठले सम्हालेका छन्।

फिल्ममा कृष्ण केसी र योगेश काजीको संगीत संयोजन छ त्यस्तै  अभिनयतर्फ मरिचमान श्रेष्ठसँगै वर्षा सिवाकोटी, पुजन घिमिरेलगायत कलाकारहरूको सहभागिता रहेको छ। सामाजिक यथार्थलाई हास्य–व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यसहित तयार भएको ‘गोबर गणेश’बाट निर्माण टिम निकै आशावादी देखिएको छ।

तपाईको प्रतिक्रिया