नेपाली चलचित्र उद्योग आज गहिरो शोकमा डुबेको छ। बहुआयामिक अभिनय र सशक्त उपस्थितिमार्फत नेपाली सिनेमा समृद्ध बनाएका वरिष्ठ कलाकार सुनिल थापाको अप्रत्याशित निधनको खबरले कलाकार, फिल्मकर्मी र दर्शक सबैलाई स्तब्ध बनाएको छ। दशकमै फैलिएको उहाँको कलायात्रा केवल भूमिकामा सीमित रहेन, नेपाली सिनेमाको आत्मा र पहिचान निर्माणमा पनि महत्वपूर्ण रह्यो।

पर्दामा देखिने प्रत्येक पात्रमा जीवन भर्ने उहाँको शैली, संवादको प्रभाव र चरित्रप्रतिको इमान्दारिताले सुनिल थापालाई फरक र विशेष बनायो। उहाँको निधनसँगै नेपाली चलचित्र उद्योगले एउटा सशक्त अभिनेता मात्र होइन, अनुभव, मार्गदर्शन र प्रेरणाको एउटा अमूल्य धरोहर गुमाएको छ। उहाँका कामहरू, योगदान र सम्झनाहरू सधैँ नेपाली सिनेप्रेमीको मनमा जीवित रहनेछन्। स्वर्गीय कलाकार सुनिल थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना ।

तपाईको प्रतिक्रिया