नेपाली म्युजिक भिडियो क्षेत्रमा फेरि एउटा जोरदार प्रवेश भएको छ। बहुप्रतीक्षित म्युजिक भिडियो ‘तिम्रो स्पर्श’ युट्युबमार्फत सार्वजनिक भएसँगै दर्शकको ध्यान खिच्न सफल भएको छ। सार्वजनिक भएको छोटो समयमै भिडियोले राम्रो चर्चा कमाउँदै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
भिडियोका बिजी डाइरेक्टर निरमल कुमार लामा हुन् भने गायक सुरज राज खत्री हुन्। यस म्युजिक भिडियोको निर्माण किरण आलि मगरले गरेका छन्। त्यस्तै प्रेम, भावनात्मकता र सौन्दर्यलाई सुन्दर ढंगले प्रस्तुत गरिएको भिडियोमा कलाकारका रूपमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ, जसले कथालाई अझ जीवन्त बनाएको छ।
रिलिज भएको दुई दिनमै १३ हजारभन्दा बढी दर्शकले हेरेको यो भिडियोले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ। धेरै दर्शकले भिडियोको कथावस्तु, निर्देशन र कलाकारको अभिनयको खुलेर प्रशंसा गरेका छन्। संगीत, दृश्य र भावनाको सन्तुलित संयोजनका कारण ‘तिम्रो स्पर्श’ नेपाली म्युजिक भिडियो प्रेमीका लागि हेर्नैपर्ने भिडियो बनेको छ। भने आगामी दिनमा यो भिडियोले अझ व्यापक दर्शकको साथ पाउने अपेक्षा गरिएको छ।










