रोशन पोखरेल, विराटनगर , फागुन १

भैरबकालिका म्युजिक प्रालीको प्रस्तुतिमा भरत कुमालको लोकदोहोरी “मान्छे हुँ म ” बोलको म्युजिक भिडियो भैरबकालिका म्युजिक प्रालीको युट्युवबाट सार्वजनिक छ ।माया प्रेम र विछोडका बास्तविक भोगाइहरुलाई गितमा गायक भरत कुमाल र गायिका टिका पुनको आवाजमा रहेको छ । मान्छेको जिवन भोगाईमा आइपर्ने साना तिना अवरोधले मानिसको जिवनमा आउने विचलन र निराशालाई गितमा समेटिएको छ । आज गरेको तिरस्कार पनि भाविश्यमा पछुतो हुने कुरा गितमा सन्देशको मार्फत समेटिएको छ । भरत कुमालको शब्द र संगीत गितमा मान्छे हुँमा रहेको छ ् ।सष्टाका उत्कृष्ट रचनाहरु आम दर्शक तथा श्रोता माझँमा निरन्तररुपमा भैरबकालिका म्युजिक प्रालिले सार्वजनिक गरिरहेको छ । म्युजिक भिडियोमा लोकेन्द्र शाही ठकुरी र रन्जिता गुरुङ को अभिनय रहेको छ । अहिलेका निकै ब्यस्त तथा कुशल निर्देशक काजिश श्रेष्ठले गितको भिडियोमा निर्देशन गरेका हुन । भिडियोलाई रमित ओली ले सम्पादन र अजय रेग्मीले छायांकन गरेका छन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया