राजु बोहरा–काठमाडौँ । हरेक मानिसको जिउने तरिका फरक- फरक हुने गर्दछ , यस भित्र पनि जीवनका हरेक यात्राहरुमा मान्छेले संगीत बिनाको जिबनको कल्पना समेत गरेको हुँदैन । तसर्थ यसैलाई मध्यनजर राख्दै अशंख्य कलाकारहरुले आम संगीत पारखीहरुलाई लक्षित गर्दै आफ्ना सांगीतिक उत्पादनहरु क्रमस बजारमा ल्याइरहेका छन् । सोहि क्रममा पछिल्लो पटक मेशना डिजिटल प्रालिले नेपाली सुगम संगीतका अनुरागीहरुका लागि “तिमि नै सपना” बोलको गीतलाई भर्खरै डिजिटल बजारमा उपलब्ध गराएको छ । यस गीतमा प्रान्जली साउदको कर्णप्रिय स्वर लहरी सुन्न सकिन्छ भने शब्द संगीत पनि प्रान्जली साउदको नै रहेको छ । प्रगाढ प्रेम भावले सुसजित यस गीतको म्युजिक भिडियोमा पुष्प खड्का र सपना सिंह को अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक विस्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया