राजु बोहरा–काठमाडौँ । हरेक संगीत पारखी मनहरुलाई नयाँ बर्षको शुभकामना सहित मेशना डिजिटल प्रालिले फेरी अर्को मनछुने आधुनिक गीतलाई बजारमा ल्याएको छ । पूर्ण चन्द्र गुरुङको प्रस्तुतिमा रहेको उक्त गीत “हे इश्वर” नामको साथमा सार्बजनिक भएको हो कसै संग जिबन भर संगै बाँच्छु र संगै मर्छु भन्ने बाचा गरिन्छ, र उसको सिउँदोमा सिन्दुर भरिन्छ । तर दुर्भाग्य आफ्नो बाल बच्चा र श्रीमान बाट खुसि प्राप्त गरेको दैबले पनि सहन सक्दैन र एक्कासी एक दिन एक सुखी परिवारको सदस्य श्रीमती सवारी दुर्घटनामा पर्छिन र उनको मृत्यु हुन्छ ।

हो यसरी तयार भएको यो मर्मस्पर्सी गीतमा अहिलेका बहुचर्चित गायक स्वरूपराज आचार्यको सुमधुर स्वर सुन्न सकिन्छ । पूर्णचन्द्र गुरुङ (युनिल) को शब्द रचनाले तयार भएको यस गीतलाई संगीत भने राजकुमार बगरले भरेका हुन् ।प्रस्तुत गीतको म्युजिक भिडियोमा आयुष क्षेत्री (प्रिन्स) र एलिना रायमाझीको जिबन्त अभिनय देखन सकिन्छ । भिडियोलाई निर्देशन आयुष क्षेत्री (प्रिन्स) ले गरेका हुन् भने छायाँकन सागर गौतम र बासु बरालले गरेका हुन् भने सम्पादन प्रकाश एस.के ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया