रोशन पोखरेल , काठमान्डौँ , बैशाख २४
सफलता म्युजिक प्रालीको प्रस्तुुतिमा ईश्वर खड्का र अर्जुन क्षेत्रीको मार्मिक लोक गीत “नविर्सने माया ” गायिका अनुष्का क्षेत्री र गायक पुश्कल शर्माको आवाजमा चर्चाको शिखरमा रहेको छ । जिवन भोगाईका क्रममा बाध्यताले विछोडी हुनुपर्दाको कारुणिक भावहरुलाई गीतमा नबन्न आग्रह गरिएको छ । आफुलाई जस्तो सुकै अवस्थामा भएपनि नछोड्नको लागी प्रेमिलाई पुश्कलले आग्रह गरेका छन । ईश्वर खड्काको शब्द तथा अनुष्का क्षेत्रीको लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई जिवन्तता दिइएको छ । “नविर्सिने माया ”गीतको निर्देशन एकेन्द्र सारा शंकरले गरेका छन भने सम्पादन विष्णु शर्माले गरेका छन । भिडियोमा सारिका केसी र ईश्वर खड्काको अभिनय देख्न सकिन्छ । भिडियोलाई मुकेश हुमागाई र हरिष महराले छायाँकन गरेका हुन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया