राजु बोहरा–काठमाडौँ । स्थाई घर दोलखा भै हाल रोजगारीको सिलसिलामा मलेसिया रहेका रेशम के.सी लाई यति बेला आफुले गरेको प्रेम प्रति पश्चाताप भएको छ । उनको नानु मगर संग बिगत केहि समय यता प्रेम सम्बन्ध थियो तर त्यो प्रेम सम्बन्धलाई नानुले दुई दिनको खेल सम्झिएर जाल बुने पछी रेशम यति बेला आँशुको भेलमा डुब्न बाध्य बनेका छन् । यसरी भएको आफ्नी प्रेमिकाको घातले आफुले अन्जानैमा गल्ति गरेको महसुस पनि गरेका छन् ।

माथि उल्ल्खित प्रसङ्ग उनीहरु दुईको यथार्थ जिबन संग सम्बन्धित नभई भर्खरै मात्र हमाल म्युजिक प्रालिले बजारमा ल्याएको नानु मगरको “गल्ति गरेछु” बोलको गीतको भाव हो । प्रस्तुत गीतमा रेशम के.सी र नानु मगरको सुमधुर स्वर रहेको छ । यस गीतलाई लय कमल ज्योतिले तयार गरेका हुन् भने शब्द नानु मगर र अप्सरा खड्काको रहेको छ । वियोगान्त पेरिफेरिमा बुनिएको यस गीतको म्युजिक भिडियो पनि अत्यन्त लोभ लाग्दो बनेर डिजिटल बजारमा आएको छ । भिडियोमा रन्जिता गुरुङ, बुद्धबीर थापा र हरि शर्माको अभिनय देख्न सकिन्छ । “गल्ति गरेछु” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन कुमार के.सी ले गरेका हुन् भने छायांकन शम्भु चालिसे र सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया