काठमाडौँ : बिगत दुइ दशक भन्दा बढि समय देखि इमेज ग्रुप अफ कम्पनीमा मिडिया मार्केटिङमा कार्यरत रहदै आएका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर रंजन चन्द्र अधिकारि संचारमाध्यमको लागि नौलो नाम होइन l नेपाली मिडिया मार्केटिङमा उनि एक हस्तीको रुपमा स्थापित भएर आफ्नो पेशमा मार्गदर्शनको रुपमा परिचित छन् l २०५३ साल देखि लगातार रुपमा आफ्नो पेशामा सफल हुदै आएका इमेज ग्रुप अफ कम्पनीका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर रंजन चन्द्र अधिकारि मिडिया मार्केटिङमा स्थापित व्यक्तित्वको रुपमा चिनिन्छन l

उनले नेपाली मिडिया मार्केटिङ क्षेत्रलाइ ब्यबसायिक्ता प्रदान गर्दै आएर यो क्षेत्रको बिकाशको लागि एक दरिलो खम्बा भएर उभिएका छन l उनि यस क्षेत्रमा आबद्द व्यक्तिहरुको आदर्श पुरुष हुनुको साथै हिजोको समय देखि आजको डिजिटल प्रबिधि सम्म आईपुग्दा सबैको कोसेढुङ्गा भएर नेतृत्व प्रदान गर्न सफल व्यक्तिको रुपमा चिनिएका छन l

उनले २०५३ सालमा मिडिया मार्केटिङको करियर शुरू गर्दासम्म धेरै सञ्चारमाध्यमहरू खुलिसकेका थिए। तर त्यो बेलासम्म विज्ञापन बजार निकै साँघुरो र सीमित दायरामा थियो। सरकारी सञ्चारमाध्यमहरूले सरकारी विज्ञापन छाप्थे र बजाउँथे। निजी क्षेत्रका सञ्चारमाध्यमले विज्ञापन पाउनु, छाप्नु र बजाउन पाउनु कठिन थियो। त्यही क्रममा सरकारी सञ्चारमाध्यमहरूले पाउँदै आएका विज्ञापन निजी सञ्चारमाध्यमहरूले तान्न थाले। उनि सम्बद्ध ईमेज च्यानलले नेपाल टेलिभिजनबाट बिहानी डेढ घन्टा समय किनेर सूचना र मनोरञ्जन कार्यक्रम सञ्चालन गर्दथ्यो। नेपाल टेलिभिजनले ‘कमर्सियल्ली अनभाएवल’ भनेको समय सदुपयोग गरेर ईमेज च्यानलले मनोरञ्जनात्मक कार्यक्रमको साथमा विज्ञापन बजार विस्तारमा ध्यान दियो। तर त्यो बेला विज्ञापनसम्बन्धी काम निकै चुनौतीपूर्ण थियो। विज्ञापन माग्न जाँदा विज्ञापनदाताबाट सित्तैमा अथवा चन्दा दिनुपरेको जस्तो व्यवहार हुन्थ्यो। व्यवसायीहरूलाई विज्ञापनले कसरी व्यवसायको विकासमा सहयोग पुग्छ भनेर बुझाउनै कठिन हुन्थ्यो।

व्यवसाय विस्तारसँगैै विज्ञापनदाताहरूको व्यवहारमा परिवर्तन हुन थाल्यो। एकपछि अर्को गर्दै खुलेका निजी क्षेत्रका प्रतिष्ठानहरूले आफ्ना प्रतिस्पर्धीभन्दा अगाडि देखिन आफैं विज्ञापन बनाउन थाले। कम्पनी स्थापना गर्दा नै विज्ञापनका लागि बजेट छुट्याउने जस्ता सकारात्मक अभ्यासहरू हुन थाले। मिडियाहले आफ्नो स्थान जमाउन थाले। मिडिया र विज्ञापनको ठूलो क्रेज देखिन थाल्यो। रंगिन कलेवरका ठूला पत्रिकाहरूले विज्ञापनका नयाँ आयामहरू पस्कन थाले। ब्रोड सिटका दैनिकहरूले विज्ञापन बजारमा चमक ल्याउने ‘ज्याकेट एड’ छाप्ने शैली अपनाए। रेडियो, टेलिभिजनहरूमा एउटै विज्ञापनमा विभिन्न जाति–भाषीको पहिरन र भाषाहरू समेटेका विज्ञापनहरू प्रसारण हुन थाले।

मार्केटिङ क्षेत्रको विभिन्न आरोह अबरोहहरु पार गर्दै अहिलेको स्थिति सम्म आइपुग्न कम चुनौतीपूर्ण काम थिएन उनलाई l धैर्य लगनशीलता काम प्रतिको इमान्दारिता र निष्ठाले गर्दानै उनि अहिले मिडिया मार्केटिङमा एक हस्तीको रुपमा स्थापित भएका छन् l आधुनिक युगको परिबर्तन संगै मिडिया क्षेत्रले पनि ठुलोनै फड्को पारेको अबस्थामा आफुलाई समेत समय सापेक्ष परिबर्तन गर्दै सुरुको दिन देखि अहिलेको अबस्थामा सम्म आइपुग्न कठिनाइपूर्ण यात्रा गरेको अधिकारि बताउछन l विज्ञापन दाताहरु संग सहकार्य गर्दै उनीहरुको ब्यापार व्यवसायलाई समेत थप नया उचाइमा पुर्याउन सफल व्यक्तित्व रंजन चन्द्र अधिकारि मिडिया मार्केटिङ क्षेत्रका सर्बाधिक पारिश्रमिक लिने व्यक्तिको रुपमा समेत परिचित छन् l

अधिकारीको भनाई छ – मिडिया र बिज्ञापनलाई नयाँ सोचका साथ अगाडि बढाउनेहरु नै अब टिक्छन् । दिनदिनै आधुनिक प्रबिधिले पुरानो प्रबिधिलाई बिस्थापित गर्दैछ । मिडियाको नयाँ ब्यवस्थापन गर्न सरकारले नै अग्रसरता देखाउनुपर्छ । खासगरी टेलिभिजन, रेडियो, अनलाईन पोर्टल र सामाजिक संजाललाई हेर्ने सरकारी दृष्टिकोण र सुस्पष्ट नीति नियम बनाएर मात्रै यस क्षेत्रका चुनौतिहरुको सामना गर्न सकिन्छ । त्यसमा ब्यवसायीहरु त झन् सक्रिय हुनैपर्छ ।

विभिन्न संघ सस्थाहरुको गरिमामय प्रमुख पदहरुमा आफ्नो कुशल प्रभावकारी भूमिका निर्बाह गरिसकेका रंजन चन्द्र अधिकारि मिडिया मार्केटिङ एसोसियन नेपालका अधक्ष्य, मुकुल सब मणि ट्रान्सफरका अधक्ष्य, टिम्बर डोर एण्ड टेक्स्टाइल प्रालिका अधक्ष्य, भुमि एड्भर्टाइजिङ प्रालिका सी ई ओ, लाइन्स क्लब अफ काठमाडौँ युनाईटेड वर्ल्डका चाटेड भाईस प्रेसिडेण्ट, म्यानेजमेन्ट एसोसियसन नेपालका सदस्यमा आबद्द रहेका छन् भने कृति अवार्ड २०१४- मिडिया मार्केटिङ म्यानेजर अफ द एयर, मार्केटिङ एक्सलेन्स अवार्ड २०१६- एक्सलेण्ट मार्केटिङ म्यानेजर अफ द एयर बाट समेत सम्मानित भईसकेका छन् l

आफ्नो पेशा संगै विभिन्न संघ सस्थामा समेत आबद्द रहेर देशको मूल आर्थिक बिकाशमा सहयोग पुर्याउदै सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका अधिकारीले विभिन्न संघ सस्थामा आश्रित अनाथ बालबालिका तथा बृद बृदालाइ सहयोग पुर्याउदै आएका छन् l नेपालमा हुने विभिन्न सौन्दर्य प्रतियोगिता रियालिटी सो हरुमा कुशल निर्णायकको भूमिका निर्बाह गरिसकेका रंजन चन्द्र अधिकारि बहुप्रतिभाको धनि तथा बौद्दिक क्षेत्रमा अब्बल व्यक्तित्वको रुपमा चिर परिचित छन् l

तपाईको प्रतिक्रिया