पाछिल्लो समय गायनमा निकै चर्चा कमाएका गायक रन्जित लामा तामाङ सेलो,लोक पप, पप गीतहरुबाट श्रोताको मन जित्न सफल पछिल्लो पुस्ताका व्यस्त गायकमा पर्दछन् । सङ्गितलाई सुख दु:खको नजिकको साथी मान्ने फरक र सुमधुर स्वर भएका लामा ललितपुर जिल्लाको डुकुछाप गाबिस हालको गोदावरि नगरपालिका वडा नं ८ मा बुवा सानु बाबु लामा र आमा चमेली तामाङको कोखबाट जेठो सन्तानको रुपमा जन्मनुभएको हो । समाबेषी अनलाइनको लागि सम्पादक/प्रकाशक विवेक लोप्चनले गायक रन्जित लामासङ्ग गायन यात्रााको बारेमा गरिएको कुराकानीको सम्पादित अंश :

जन्म / बाल्यकाल
सन 1987 मा ललितपुर जिल्लाको डुप्चुप गाबिस हालको गोदावरि नगरपालिका वडा नं ८ मा जन्मनुभएको हो रन्जित लामा । बाल्यकालमा लजालु र सङ्गित मन पर्ने र गीत गुनगुनाउने लामाको बाल्यकाल सुखद नै बित्यो ।

-आजकाल
आजकल म गीतकै काममा अलि धेरै व्यस्त छु । समयलाई व्यवस्थापन गर्दै साङ्गीतिक यात्रामा पनि सकेसम्म पाइला बढाइरहेको छु।

साङ्गितिक यात्रा
सन २०१३ मा डाँडापारी बोलको गीत रेकर्ड गरेर अधिकारिक रुपमा गायन क्षेत्रमा लागिपरेका हुन गायक रन्जित लामा । सङ्गित कक्षा लिएर गायनमा लागेका लामाले अहिलेसम्म दर्जन भन्दा बढी गीत गाइसकेका छन भने म्युजिक भिडियो दर्जन बढी ल्याइसकेका छन ।

सङ्गित
सङ्गित सुख दु:खको साथी ।

पहिलो गीत रेकर्डको अनुभव

“धेरै दिनको अभ्यासपछी गीत रेकर्डको दिन म धेरै खुशी थिए । खासमा त्यो दिन सम्झना लायक छ् । गीत रेकर्ड पछी राम्रो प्रतिकृया पाए म अत्यन्त प्रसन्न भए र अरु गीत गाउँ पनि हौसला मिल्यो । “लामाले बताए ।

आफुले गाएका गीत
लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन माया आउ ,मुसुक्क नेमा,हुलाकी दाई,हुक्का,न्हुल भे माफ गर,मार्फाको स्याउ,हलक्क मैच्याङ लगायत थुप्रै गीत सार्वाधिक चर्चामा छन ।

गायक रन्जित लामाले गाउनु भएका केही गीतहरु सुन्न यहाँ क्लिक गर्नुहोस् ।
,,,,

अबको योजना

अबको योजनामा गायक लामा नेपाली गीत सङ्गितलाई नै निरन्तरता दिने योजनामा हुनुहुन्छ । बिशेष गरी अहिलेसम्म मा नेपाली लोक पप गाउदै आएका लामा तामाङ गीत सङ्गितमा पनि लागिपर्नु भएको छ् । “आफ्नो भाषा,सस्कारलाई पनि उजागर गर्ने हेतुले मैले तामाङ गेट सङ्गितलाई पनि निरन्तरता दिन्छु ।” उँहा बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया