काठमाडौ १७ जेठ । चलचित्र ‘एक्स्ट्रा माया’ जेठ २५ गते प्रदर्शनमा नआउने भएको । जेठ २५ गते प्रदर्शनको मिति तोकेको चलचित्र ‘एक्स्ट्रा माया’ ले चालचित्रको केही काम बाँकी रहेका कारण जेठ २५ मा प्रदर्शन नभइ असार ८ गते प्रदर्शनमा आउने भएको चलचित्रका निर्देशक सोम कुस्कुमाझीले अखबार अनलाइनलाई बताए ।
निर्देशक कुस्कुमाझीका अनुसार मुभीको प्राविधिक कामहरु भइरहेको र अझ राम्रो बनाउने क्रममा चलचित्रको मिति सार्नु परेको बताए ।

चलचित्र ‘एक्स्ट्रा माया’ नयाँ विषयबस्तु प्रस्तुत गरिएको लव तथा कमेडी जनरामा निर्माण भएको निर्माता कमल फुयालले बताए । निर्माता फुयाँलका अनुसार पछिल्लो समय युवायुवतीहरुले प्रेमलाई कुन रुपमा लिएका छन र कसरी प्रेम गरिरहेका छन भन्ने विषयलाई चलचित्रमा फरक तरिकाले प्रस्तुत गरिएको बताए । यस चलचित्रमा पृथक बिषयबस्तुलाई उठान गरेको छ । जसका कारण नेपाली चलचित्र उद्योगमा केही नयाँ पन ल्याउन सक्ने देखिन्छ । अधिकांश दृश्यहरु आर्टिफिसल नभइ रियालिटी बेशमा छायाँकन गरिएको छ । जसका कारण नेपाली समुदायमा हुने विभिन्न खाले घटनाको बास्तविक रुप उतार्न खोजिएको छ । सामाजिक सञ्जाल फेसुबुकले युवा पुस्तामा ल्याएको बिकृति र विसंगीलाई यस चलचित्रले उठान गरेको छ निर्माता फुयाँलको भनाइ रहेको छ ।

रिच इन्टरटेनमेन्ट प्रा लिको ब्यानरमा बनेको यो चलचित्रलाई कमल फुयाल र कमल केआरको संयुक्त निर्माण रहेको छ । चलचित्रलाई सोम कुस्कुमाझीले निर्देशन गरेका छन । चलचित्रमा अर्जुन खडका, सनी सुनवार, सुस्मिता बुर्लाकोटी, सृष्टि भण्डारी, शोभा भण्डारी, कमल केआर, यमन माझी, कमल फुयाँल , सरीता दोङ लगायतको अभिनय रहेको छ । चलचित्रमा पटकथा तथा निर्देशन दुवै सोम कुस्कुमाझीले गरेका छन भने कथा कमल केआरको रहेको छ । चलचित्रमा सञ्चारकर्मी विवेक लोप्चनले सह -निर्देशन गरेका छन । दिनेश माङमुको कोरियोग्राफी , बासु न्योपानेको छायाँकन तथा समिर मियाँको सम्पादन रहेको यस चलचित्रमा सन्तोष किरात र योङजङ लामाको संगीत रहेको छ ।

राम्रो मेहनत र रियालिटी बेशमा चलचित्र निर्माण भएको कारण चलचित्रले युवा पुस्ताहरुको मन जित्नेमा अर्का निर्माता कमल केआर विश्वस्त देखिन्छन ।

तपाईको प्रतिक्रिया